२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

छात्रवृत्ति परीक्षा पास गरे तर भर्ना खर्च नहुँदा राहुल नेपालीले एमबीबीएस पढ्न पाएनन्

Rahul Nepali could not study MBBS due to lack of admission expenses

काठमाडौं । राहुल नेपालीले भारतको पन्जाबमा चौकीदारीबाट गरेको कमाइ घर पठाएपछि बल्ल घरमा चुलो बल्छ । कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतिया वनबेहडा घरभएका रोहित ६ सन्तानमध्ये माइला हुन् ।

दुई कठ्ठा ऐलानी जग्गामा उनको आठ जनाको परिवार छ । राहुलले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले गत कात्तिकमा लिएको प्रवेश परीक्षा उत्तीर्ण गरे । तर, आर्थिक अभावमा उनी भर्ना हुनबाटै वञ्चित भएका छन् । सानैदेखि पढाइमा मेधावी राहुलले गोदावरी नगरपालिकास्थित समैजी माध्यमिक विद्यालय मजगाउँबाट एसईईमा ए प्लस ल्याए ।

राहुलले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले गत कात्तिकमा लिएको प्रवेश परीक्षा उत्तीर्ण गरे । तर, आर्थिक अभावमा उनी भर्ना हुनबाटै वञ्चित भएका छन् । सानैदेखि पढाइमा मेधावी राहुलले गोदावरी नगरपालिकास्थित समैजी माध्यमिक विद्यालय मजगाउँबाट एसईईमा ए प्लस ल्याए । उनले पालिकासँग आर्थिक सहायताका लागि सम्पर्कपनि राखे तर सहजिकरण नहुँदा उनको भविष्यको सुनौलो मौका गुम्यो ।

 

 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस