२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोपमा सशस्त्रका डिएसपी पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

काठमाडौं । महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपीलाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूले डिएसपी तुलसिंह केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

शनिबार राति केसीले हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोप छ। उनले भिडिओ खिचेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। पोखरास्थित नम्बर ४ बाहिनीमा कार्यरत उनी बिदामा थिए। कसैको अनुमति बिना तस्बिर वा भिडिओ खिच्न नपाइने भन्ने कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।

 

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस