२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सुन प्रकरणमा सहसचिव झलकराम अधिकारीलाई कारबाही सिफारिस

Recommending action to Joint Secretary Jhalakram Adhikari in the gold case

२ चैत, काठमाडौं । राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सिफारिस गरेको छ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।

तर, ब्यूरोले गम्भीरतापूर्वक छानबिन नै गरेन । आयोगले पाएको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टमा दावाले अधिकारीलाई ‘भेरी विग अमाउन्ट क्यास, आई नो भेरी वेल, निड टु टक विथ यू, आई ह्याब सब वर्क (ठूलो नगद रकम, मलाई राम्रोसँग थाहा छ । तपाईसँग कुरा गर्नुपर्ने छ । मेरो केही काम छ)’ भनेका छन् । त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो । आयोग स्रोतका अनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका छ ।

यो विवरण बाहिर आएका बेला अधिकारी अध्यागमन विभागमा महानिर्देशक थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षमा भएका बेला समेत उनलाई कारबाही हुनुपर्ने माग राख्दै आएका थिए ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस