२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

दैनिक ३ सय ऋणी बैंक तथा वित्तीय संस्था कालोसूचीमा, बर्षेनी बढ्दोदर कसरी घटाउने ?

१७ जेठ, काठमाडौँ । ऋण लिएर समयमा ऋण नतिर्ने ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कालोसूची राख्ने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ४२ हजारभन्दा बढी ऋणीहरूलाई कालोसूचीमा राखेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३९ हजारभन्दा ऋणी कालोसूचीमा परेको बैंकको तथ्यांकमा छ ।

पछिल्लो समयमा दैनिक ३ सयभन्दा बढी कालोसूचीमा पर्ने गरेको राष्ट्र बैंकले जनाएको छ । व्यावसायिक संस्था तथा व्यवसायीहरू र तीनका जमानी बस्नेहरू कालोसूचीमा पर्ने गरेका छन्। कोरोना महामारीपछि कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दै गएको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट बताउँछन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक बर्षको वैशाख मसान्तसम्म एक लाख २० हजारभन्दा बढी ऋणीलाई कालोसूचीमा राख्न आवेदन दिएको राष्ट्रले जनाएको छ। गत आर्थिक वर्षमा ५३ हजार ऋणी कालोसूचीमा परेको राष्ट्र बैंकको तथ्यांकमा छ ।

बर्षेनी बढ्दो
पछिल्लो तीन वर्षयता समयमा ऋण नतिर्ने संस्था र व्यक्ति कालोसूचीमा पर्ने क्रम बढ्दो छ । आर्थिक बर्ष २०७६/७७ मा ४ हजार ६२०, आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ५१४, आर्थिक वर्ष २०७८/७९ मा १५ हजार ९९५ र आर्थिक वर्ष २०७९/८० मा ५३ हजार ऋणीहरू कालोसूचीमा परेको राष्ट्र बैंकको तथ्यांकमा छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस