२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बंगलादेश: राजद्रोहको आरोपमा पक्राउ परेका पुजारीका पक्षमा बहस गर्ने वकीलमाथि आक्रमण

काठमाडौं । बंगलादेशमा राजद्रोहको आरोपमा हिन्दू पुजारी चिन्मय कृष्णदासलाई एक महिनासम्म जेलमा राखिएको छ।

मंगलवार चिन्मय कृष्णदासको मुद्दामा पेशी तोकिएको थियो। कृष्णदासका पक्षमा बहस गर्ने वकील रमन रायमाथि इस्लामिक कट्टरपन्थीले मरणान्त हुने गरी आक्रमण गरेपछि उनका पक्षका कुनै वकील अदालतमा उपस्थित भएनन्।

योसँगै थप एक महिनासम्मका लागि सुनुवाइ सारिएको छ। चिन्मय कृष्णदासका पक्षमा बहस गर्ने वकील रमन रायमाथि इस्लामिक कट्टरपन्थीले मरणान्त हुने गरी आक्रमण गरेका थिए। रायलाई हाल आईसीयूमा भर्ना गरिएको छ। उनको स्वास्थ्यस्थिति निकै गम्भीर छ।

आज मंगलवार चिन्मय कृष्णदासको जमानतमा चटगाउँको अदालतमा सुनुवाइ तोकिएको थियो।

रायमाथि आक्रमण भएसँगै कुनै पनि वकील उनका पक्षमा बहस गर्न तयार भएनन्। योसँगै अदालतले पुस १८ (२ जेन्युअरी)मा सुनुवाइ गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस