२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता

Durga Prasai

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो।

साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उहाँविरुद्ध अभियोगपत्र दायर गरेको हो। जसमा उहाँविरुद्ध साढे ७ वर्ष कैद माग गरिएको छ।

सरकारी वकिलले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिएको छ। दफा (४७) को (२) अनुसार उहाँलाई थप सजाय हुन मागदाबी गरिएको श्रेस्तेदार शर्माले बताउनुभयो। मङ्सिर ४ मा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस