२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

घरायसी विवादमा डम्बरले हाने श्रीमती अस्मितामाथि गोली, घटनास्थलमै मृत्यु

१ माघ, काठमाडौं । डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगर रहेका छन् ।

घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरी टोलीले डम्बरलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ भने उनको साथबाट भरूवा बन्दुक समेत बरामद भएको छ ।

नियन्त्रणमा रहेको डम्बरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस