२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

रोचक : प्रेमिकालाई परीक्षा पास गराउन प्रेमीले बदल्यो भेष

काठमाडौं । भारतको पंजाबमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एकजना प्रेमीले आफ्नो प्रेमिकालाई परीक्षा पास गराउन महिला भेषमा परीक्षा दिएको खुलासा भएको छ।

उनले हातमा चुरा लगाएका थिए, ओठमा लिपिस्टिक लगाएका थिए र कुर्ता–सुरुवाल लगाएर प्रेमिकाको ठाउँमा परीक्षा हलमा पुगेका थिए।

तर, परीक्षा समयमा कडाइ गरिएको जाँचका कारण उनको यो योजना असफल भयो। परीक्षा केन्द्रका अधिकारीहरूले शंका गरेपछि उनलाई पक्राउ  गरी प्रहरीलाई बुझाएका छन् । यो घटना अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ। कसैले यसलाई मजाकका रूपमा लिएका छन् भने कसैले यसलाई गलत भन्दै आलोचना गरेका छन्। कसैले प्रेम र युद्धमा सबै थोक जायज भनेका छन् ।

 

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस