२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

यौन उत्पीडन गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

काठमाडौं । यौन उत्पीडनको आरोपमा इनड्राइभ चालक प्रवीण बराल पक्राउ परेका छन् । चितवनका २५ वर्षीय बराललाई थानकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।

चितवनको मुग्लिनबाट काठमाडौँ आउँदा राइडरले ह्वाट्सएपमा यौन उत्पीडन गरेको एक महिलाले टिकटकमा भिडियो बयान पोष्ट गरेकी थिइन्, जुन भाइरल भएको छ। इनड्राइभले आरोपितलाई आफ्नो प्लेटफर्मबाट हटाएको र पीडितलाई सहयोग गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस