२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

महिला ग्राहकमाथी ‘यौन उत्पीडन’ आरोपमा पक्राउ परेका इनड्राइभ चालक यसरी बिछ्याउँथे जाल

काठमाडौँ । यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका इनड्राइभ चालक प्रवीण बराल अन्य बैंकिङ कसुर मुद्दामा पनि फरार रहेको खुलेको छ। चितवनको नारायणी नगरपालिका–४ का बरालले महिलाहरूलाई ‘मोडल बनाउँछु’ भन्ने बहानामा जालमा पार्ने र यौन प्रस्ताव राख्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रमुख घटनाः
– चितवनको मुग्लिनबाट काठमाडौँका लागि राइड बुक गरेका महिलालाई यौन प्रस्ताव गरेका थिए।
– उनका यसअघि पनि ठगी र यौन उत्पीडनका धेरै घटनामा संलग्न भएको खुलासा।
– अनलाइनमार्फत भाडा रकम लिएर ब्लक गर्ने र सम्पर्कविहीन हुने गरेको पाइएको छ।
– इनड्राइभ प्लेटफर्मबाट उनको आबद्धता हटाइएको छ।

प्रहरीको अनुसन्धानले बरालले महिलाहरूसँग जालमा पारेर यौन सम्पर्क राख्ने गरेको प्रमाणसमेत फेला परेको जनाएको छ। महिलाको सुरक्षाका लागि इनड्राइभले थप निगरानी गर्ने प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस