२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

ठमेलको होटलमा २१ वर्षीया युवती मृत फेला

www.janaboli.com;

काठमाडौं । काठमाडौँ ठमेलस्थित ड्रिङकिङ गेस्टहाउसमा एक २१ वर्षीया युवती आइतबार मृत फेला परेकी छन् । जसमा रसुवाको तातोपानी घर भएकी समीरा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

उनी शनिबार बिहान उक्त होटलमा गएकी थिइन् । तामाङले छारे रोगको औषधि सेवन गर्दै आएको खुलेको छ । उनको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको ती अधिकृतले बताए ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस