२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

आशिका तामाङविरुद्ध सरकारले नै हाल्यो मुद्दा, हिरासत बसाई लम्बियो

भक्तपुर । जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुर मार्फत सरकारले जिल्ला अदालतमा आशिका तामाङविरुद्ध मुद्दा दर्ता गराएको छ। मंगलबार सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गराएपनि थुनछेक बहस सुरु नभएकाले उनी अब शुक्रबारसम्म प्रहरी हिरासतमा नै रहने भएकी छन्। उनीविरुद्ध उपद्रो गरेको कसुरमा सजायको मागदाबी गरिएको छ।

सूर्यविनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग २० रुपैयाँ कर सङ्कलन गरिरहेको बेलामा आशिका गएर रसिद खोसेर जलाएको आरोप छ।

आशिका माघ २ मा काठमाडौँमा अभद्र व्यवहारको कसुरमा पक्राउ परेर ११ दिन प्रहरी हिरासतमा बसेर सोमबार १० हजार धरौटीमा रिहा भएकी थिइन्। काठमाडौँमा रिहा भए लगत्तै प्रहरीले नियन्त्रणमा लिएर भक्तपुर पठाएको थियो। सोमबार उनलाई हत्कडी लगाएर हिँडाएको तस्बिर सार्वजनिक भएपछि सरकारी व्यवहारको आलोचना भएको थियो। सामान्य अपराधमा पक्राउ गरेर जघन्य अपराधमा संलग्न आरोपीझैँ हतकडी लगाएर हिँडाएको भन्दै सकारको आलोचना भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस