२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

जब नाबालिक छोरीको अश्लील भिडियो अभिभावकको हात लाग्यो…२० वर्षीय आयुष पक्राउ

नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले नाबालिकालाई दबाब र प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। सामाजिक सञ्जाल स्न्यापच्याटमा साथी बनेर, फकाईफुल्याई गरी नाबालिकालाई म्यानिपुलेट गर्ने र अनलाइन माध्यमबाट अश्लीलता प्रदर्शन गर्न बाध्य पारी स्क्रिन रेकर्ड गरेको विषयमा नाबालिकाले आफ्ना अभिभावकलाई जानकारी गराएपछि यो कारबाही भएको हो।

यस सम्बन्धमा ब्यूरोमा प्राप्त निवेदनको आधारमा गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानबाट काठमाडौं महानगरपालिका वडा नं. १६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरको संलग्नता पुष्टि भएको थियो। उनलाई इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी स्वयम्भूबाट पक्राउ गरिएको हो। उनलाई थप ५ दिन हिरासतमा राख्ने आदेश जिल्ला अदालत काठमाडौंबाट प्राप्त भएको छ। अनुसन्धान कार्य जारी छ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस