२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

चाँगुनारायण घटनामा नयाँ मोड : मृतकका परिवारले दिए हत्या जाहेरी

भक्तपुरको चाँगुनारायण–४ खोरियास्थित एक घरमा मृत भेटिएका १९ वर्षीय निरोज लामाको हत्या भएको दाबी गर्दै परिवारले जाहेरी दिएका छन्। परिवारले निरोजकै साथी २१ वर्षीय बादल लामाविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा किटानी जाहेरी दिएका हुन्।

डीएसपी ढुण्डिराज नेउपानेका अनुसार ज्यानसम्बन्धी कसुरमा जाहेरी परेको छ, तर हत्या भएको पुष्टि भइसकेको छैन। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले मृत्युको कारण खुल्न नसकेको उनले बताए।

प्रहरीका अनुसार ६ फागुनको राति निरोज बादलको घरमा गएका थिए। भोलिपल्ट दिउँसो ३ बजेसम्म नउठेपछि बादलले बोलाउन जाँदा अचेत अवस्थामा भेटिएका थिए। प्रहरी पुग्दा निरोजको मृत्यु भइसकेको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस