२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सशस्त्र प्रहरीमा थारु तथा मुस्लिम भनेर स्पष्ट उल्लेख गरिनुपर्छ: पूर्वमन्त्री चौधरी

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले संविधानले दिएको संवैधानिक अधिकार कानुनले काट्न नमिल्ने बताउनु भएको छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी छलफलमा भाग दिँदै सांसद चौधरीले त्यस्तो बताउनु भएको हो।

विधेयकले थारु र मुस्लिमलाई वा भनेर उल्लेख गरी समावेशी व्यवस्थाको उल्लङ्घन गरेको बताउनु भएको छ । उँहाले भने, ‘थारु समुदायलाई ५ प्रतिशत छुट्टाएको जुन सरासर गलत छ । विधेयमा भएको थारु वा मुस्लिम भनेर राखिएको व्यवस्था सरासर गलत छ । यसमा थारु तथा मुस्लिम भनेर स्पष्ट राखिनुपर्छ । थारु र मुस्लिम एउटै जाती होइन ।’

गृहमन्त्रीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै पूर्वमन्त्री चौधरीले समावेशिताभित्र पनि समावेशिता खोजिनुपर्ने बताउनु भएको छ। ‘समावेशी खुला प्रतियोगिताको पदपूर्तीसम्बन्धमा महिला २० प्रतिशत हुँदाखेरि त्यसभित्र पनि समावेशिता कायम गरिनुपर्छ । आदिवासी जनजातिभित्र पनि समावेशी गरिनुपर्छ । मधेसीभित्र पनि समावेशिता राखिनुपर्छ ।

दलितभित्र पनि समावेशिता राखिनुपर्छ । थारुमा पनि थारुभित्रको समावेशिता सुनिश्चित गरिनुपर्छ’, उहाँले भन्नुभयो, ‘मुस्लिम र थारुका सन्दर्भमा पनि समावेशीकरणको मुद्दालाई सुनिश्चित गरिनुपर्छ । सबैमा कमा, कमा भएपछि थारु र मुस्लिममा पनि कमा नै हुनुपर्छ, तथा नै हुनुपर्छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस