खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर– १ बराहपोखरीको डाँडाखर्कका एक पुरुष र एक महिला मृत फेला फेला परेका छन् । बुधबार बिहान गाउँ नजिकै रहेको दारेगौडाँ जंगलमा २३ वर्षीय सरिता विष्ट र २० वर्षीय शिखर बस्नेत मृत अवस्थामा फेला परेका हुन् ।
सरिताको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो ठूलो चोट देखिएको र उनको शवभन्दा करिव २५ मिटरको फरकमा शिखर झुण्डिएको अवस्थामा मृत फेला परेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए ।
सरिता बिवाहित महिला हुन् भने शेखर अबिवाहित हुन् । उनीहरुको प्रेम सम्बन्धमा कुरा नमिलेपछि घटना भएको आशंका गरिएको छ ।
प्रहरी चौकी बराहपोखरीको टोलीले घटना स्थल भएको जंगललाई सुरक्षित गरिसकेको र आफू घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले जानकारी दिए । शिखरले सरिताको हत्या गरेर आफूले आत्माहत्या गरेको हुन सक्ने आशंका गरिएपनि घटनाको बिस्तृत विवरण भने खुल्न बाँकी छ ।

