बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । शनिबार राति ८ बजे कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर स्थानीय ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सोही ठाउँका उनी घाइते भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको राससले समाचारमा उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार

