२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

ढिला पुगेकाले फ्लाइटमा बोडिङ नपाएकाहरु कराउँदा २० बर्ष जेल र साढे ३ करोड जरिवाना

Couple arrested after allegedly throwing coffee at airline employees, forcing way onto Cancun flight

काठमाडौं । हामी नेपालीपनि विमानभित्र होस् वा विमानस्थल कार्यालयमा केही सामान्य विषयमापनि चालक दल वा कार्यालयका प्रतिनिधिसँग तथानाम नै गर्छौं । उस्तै परे ताउर-माउर नै गर्छौ । अमेरिकाको फ्लोरिडाका एक जोडी जो क्याङकुन जान खोज्दै थिए यस्तै हर्कतमा आफ्नो गन्तव्यको सट्टा जेल जानु पर्‍यो ।

उनीहरूले आफ्नो फ्लाइट छुटेपछि एयरपोर्टका कर्मचारीमाथि खनिएको आरोप छ । यति मात्र हैन अब अभियोग प्रमाणित भएमा २० वर्षसम्मको जेल सजाय र २,५०,००० डलर (नेपाली झण्डै साढे ३ करोड) सम्म जरिवाना हुन सक्छ। अमेरिकी न्याय विभागका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा हिंसात्मक कार्य गर्नु संघीय अपराध हो। यसलाई जघन्य अपराधको रुपमा लिइन्छ ।

मियामी अन्तर्राष्ट्रिय विमानस्थलको यो घटना के हो ?
मियामी–डेढ शेरिफ कार्यालयका अनुसार ४० वर्षीय राफाएल सेइराफे–नोभाएस र २९ वर्षीय बिएत्रिज रापोपोर्ट डे क्याम्पोस माइया मार्च २ मा भएको यस घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। घटनाको भिडिओमा देखिएअनुसार, बिहान ८ः३५ बजे अमेरिकन एयरलाइन्सको मियामीदेखि क्याङकुन जाने उडानमा ढिलो पुगेका कारण उनीहरूलाई बोर्डिङ अनुमति दिइएन। त्यसपछि उनीहरूले बलपूर्वक विमानमा प्रवेश गर्न खोजे।

दुवैजनाले नो ट्रेसपासिङ चिन्हहरू र कर्मचारीको आदेशलाई बेवास्ता गर्दै प्रतिबन्धित क्षेत्रतर्फ प्रवेश गरेको भिडियोमा देख्न सकिन्छ । सेइराफे–नोभाएसले दुईजना कर्मचारीलाई धकेलेको आरोप छ । माइयाले कर्मचारीलाई धकेलेर तिनीहरूमाथि कफी फ्याँकेको भिडियोमा देखिन्छ ।

कानूनी कारबाही
सेइराफे–नोभाएसलाई बिना हिंसामा अधिकारीको प्रतिरोध र अवैध रूपमा प्रवेश गरेको आरोप लगाइएको छ । माइयामाथि कफी र दुईवटा ब्याट्री (आक्रमण) तथा अवैध प्रवेशको आरोप लगाइएको छ। उनले कफी फ्याल्दा मोबाइल झरेको थियो । मोबाइलबाट ब्याट्री खसेको थियो । हाल उनीहरू धरौटीमा रिहा भएका छन् । मुद्दा अदालतमा विचाराधिन छ ।

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस