काठमाडौं । तारकेश्वर नगरपालिका-६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत अवस्थामा फेला परेका छन्। फागुन १० गते घरबाट हराएका महर्जनको शव मंगलबार शिवपुरी जङ्गलमा भेटिएको हो।
प्रहरीका अनुसार महर्जनकी श्रीमतीसँग झगडा भएपछि उनी घरबाट गएका थिए। शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र मृत्युको कारण खुल्न सकेको छैन।
त्यसैगरी, तार्केश्वर नगरपालिका-१० मनमैजु फूलबारी टोलकी ६५ वर्षीया बिसानी गुरूङ पनि आफ्नै कोठामा मृतावस्थामा भेटिएकी छन्। अर्को घटनामा, गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा स्थित स्काभेटरमा आगलागी हुँदा उक्त मेशिन क्षति भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार

