काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै अमेरिका पठाउने प्रलोभनमा सवा करोड ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह धरौटी नबुझाएपछि कारागार चलान भएका छन्। ललितपुर अदालतले उनलाई १२ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि बुझाउन नसकेपछि नख्खु कारागार पठाइएको हो।
ठगीमा संलग्न तीनजना भने धरौटी तिरेर रिहा भएका छन्। ५३ वर्षीय सिंहले विभिन्न नक्कली कागजात बनाएर ठगी गरेको आरोप छ। उनी यसअघि पनि पटक–पटक मुद्दा खेपिसकेका व्यक्ति हुन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार

