२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सुस्तमनस्थितिकी किशोरीलाई करणी

www.janaboli.com;

७ चैत्र, काठमाण्डौँ । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बुधवार अपराह्नतिर किशोरी बलात्कृत भएको खबर प्राप्त भएपछि अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । पीडित किशोरीको स्वास्थ्य चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस