२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

लक्ष्मण मृत्यु प्रकरणमा नयाँ मोड, भक्तपुर प्रहरीले दुई जनालाई समात्यो

काठमाडौं । मध्यपुर थिमी नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका-३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन्।

गत फागुन २७ गते मध्यपुर थिमी नगरपालिका-२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको थियो। घटनाको अनुसन्धानमा खटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले संलग्न २ जनालाई पक्राउ गरेको हो।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस