२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पत्रकार रजकको भर्खरै एक्स–रे सम्पन्नपछि जे निश्कर्षमा पुगे चिकित्सक

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको पूरा शरीरको एक्स–रे गरिएको छ । शरीरको पोर्टेबल एक्स–रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स–रे गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए ।

त्रिवि शिक्षण अस्पतालमा एक्स–रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स–रे गर्नुपर्ने अडान राखेका थिए ।

तीनकुनेमा प्रदर्शनकारीहरुले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् । उनको पोस्टमार्टम बुधवार हुने भएको छ । अब भने चिकित्सकहरू पोस्टमार्टमका लागि तयार भएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस