काठमाडौं । मकवानपुरमा एक युवक मृत फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान ६:३० बजे मकवानपुरको बागमती गाउँपालिका-८ भुवनचुली देउडीभञ्ज्याङस्थित धरान-चतरा सडकको नालीमा हेटौंडा उपमहानगरपालिका-१६ का ३७ वर्षीय मिलन दंगाल मृत अवस्थामा भेटिएका थिए।
घटनास्थलमा रगत लतपतिएको तथा मृतकको शरीरमा चोट लागेको देखिएपछि प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा मकवानपुर प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध अदालतबाट ज्यानसम्बन्धी मुद्दामा सात दिनको म्याद अनुमति लिइ अनुसन्धान भइरहेको मकवानपुर प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरू:
प्रशान्त लामा (३६), मकवानपुर, बकैया गाउँपालिका-३
किसन दानी (२४), ललितपुर, गोदावरी नगरपालिका-१२
सुस्मिता तामाङ (१९), बारा, निजगढ नगरपालिका-३
शर्मिला मोक्तान (२०), सिन्धुली, मरिण गाउँपालिका-७
रोजिना मोक्तान (१९), सिन्धुली, मरिण गाउँपालिका-७
सुजन पौडेल (२८), मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

