काठमाडौं । मोरङको केराबारी गाउँपालिका-८ स्थित आमजुङ्गी सामुदायिक वन नजिक आइतबार साँझ ३ थान भरूवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्ली कुमार कार्की रहेका छन्।
प्रहरीले सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको थियो र उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको हो। प्रहरीले फरार रहेको एक जनाको खोजी गर्दै आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

