काठमाडौं । काठमाडौं, मानव बेचबिखन र ओसारपसार मुद्दाका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-११ का २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंको मंसिर ५ गतेको फैसलामा उनलाई ५ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना दिइएको थियो। उनी फरार रहेका थिए। मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा उनलाई गोरखा नगरपालिका-११बाट पक्राउ गरेको हो।
पक्राउ परेपछि उनलाई अदालतको आदेश अनुसार कारागार कार्यालय डिल्लीबजार पठाइएको छ, जहाँ उनलाई कैद भुक्तानका लागि पेश गरिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार

