काठमाडौं । तीनकुने हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंले भारतमा आत्मसमर्पण गरेको उनको सचिवालयले दाबी गरेको छ । भारतको असाम राज्य प्रहरीसमक्ष प्रसाईंले आत्मसमर्पण गरेको सचिवालयको भनाइ छ ।
सचिवालयले भनेको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका सयोजक श्री दुर्गा प्रसाईंले ज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ ।
हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौँ, भनेका थियौँ र आज उपस्थित भयौँ । यता नेपाल प्रहरीले भने उनी पक्राउ परकोबारे पुष्टि गरेको छैन । अब भारतले बुझाए मात्र दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पाउनेछ ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार

