३० चैत्र, काठमाण्डौँ । चीनले अमेरिकाबाट आयात हुने सामग्रीमा कर बढाएर १२५ प्रतिशत बनाएको छ । यसअघि बुधबार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुनेछ ।
चीनले कर बढाएर १२५ प्रतिशत पुर्याउँदै अब अमेरिकाले कर बढाएर पनि आफूले कर नबढाउने जनाएको छ । करलाई अमेरकाले मजाक बनाए पनि आफूहरू यसो नगर्ने चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । अमेरिकासँग बढ्दो कर विवादका बीच चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो पटक बयान दिएका छन्। उनले चीन कसैसँग डराउँदैन। विगत ७० वर्षमा चीनको विकास कडा परिश्रम र आत्मनिर्भरताको परिणाम भएको उनले बताए।
प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार

