२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

१३ वर्षीया छोरीले आफन्तलाई सुनाइन् पीडा, आमाको दोस्रो बिहेपछि बाबुबाटै दुष्कर्म

काठमाडौं। मकवानपुरको थाहा नगरपालिकामा १३ वर्षीया छोरीमाथि यौनदुराचार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३६ वर्षीय बाबुलाई गत आइतबार इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकाले घटनाबारे आफन्तलाई जानकारी दिएपछि उजुरी दर्ता भएको थियो। उजुरीमा बालिकामाथि गत कार्तिकदेखि पटक-पटक जबरजस्तीकरणी गरिएको उल्लेख छ।

पीडित बालिकाकी आमा दोस्रो विवाह गरेर अन्यत्र बस्दै आएकी र बालिका बुबासँगै बस्दै आएकी प्रहरीले जनाएको छ। घटनाको गम्भीरता हेर्दै आरोपितमाथि हाडनाता बलात्कार अन्तर्गत मुद्दा दर्ता गरिएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस