२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

जम्मू कश्मीरमा २८ जना मारिएको घटनामा आफ्नो भूमिकाबारे बोल्यो पाकिस्तान

काठमाडौं । भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आक्रमणप्रति पाकिस्तानले दुःख व्यक्त गर्दै घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले एक टेलिभिजन अन्तर्वार्तामा घटनाबारे बोल्दै यो भारतकै आन्तरिक विषय भएको बताएका छन्। ‘यो भारतको आन्तरिक मामिला हो, पाकिस्तानसँग यसको कुनै सम्बन्ध छैन,’ उनले भने।

पाकिस्तानी सरकारले जारी गरेको विज्ञप्तिमा पनि घटनामा ज्यान गुमाएका पर्यटकप्रति समवेदना प्रकट गरिएको छ। ‘भारतीय गैरकानुनी रूपमा कब्जा गरिएको जम्मू कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकोमा हामी दुःखी छौं,’ विज्ञप्तिमा भनिएको छ।

पाकिस्तानले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस