२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

पाकिस्तानी रक्षामन्त्रीले भने : भारतलाई जवाफ दिन तयार छौँ

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले घोषणा गरेको विभिन्न पाकिस्तानविरोधी निर्णयको तत्काल प्रतिक्रिया दिन नचाहेको बताएका छन्।

एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै उनले भारतमा भएको घटना निन्दनीय भएको र आतंकवादलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने बताए।

सिन्धु जल सन्धिको निलम्बनको बारेमा बोल्दै रक्षामन्त्री ख्वाजा आसिफले भारतले लामो समयदेखि उक्त सम्झौता तोड्न चाहेको बताएका छन्।

रक्षामन्त्रीले भारतले आक्रमण गरे पाकिस्तान पनि उचित जवाफ दिन १०० प्रतिशत तयारी अवस्थामा रहेको बताएका छन्।

पाकिस्तानका रक्षामन्त्रीले भारतको संरक्षणमा बलुचिस्तानमा आतंकवाद फस्टाउँदै गएको आरोप पनि लागेका छन्। ‘जाफर एक्सप्रेस घटनामा के भयो भन्ने सबैलाई थाहा छ। भारतले पृथकतावादीहरूलाई आश्रय दिएको छ। बलुचिस्तानका पृथकतावादीहरू उपचारको लागि भारत जान्छन्। यसको धेरै प्रमाणहरू छन्।’, उनले भने।

ख्वाजा आसिफले भारतले पहलगाम घटनाको लागि अरूलाई दोष दिनुको सट्टा आफैंलाई जिम्मेवार बन्नुपर्ने बताएका छन्।

उनले भने, ‘पहलगाम आक्रमण भारत आफैंले गरेको ‘झूटा अपरेशन’ हुनसक्ने सम्भावना पनि छ। कसैले भारतलाई यदि कश्मीरमा निर्दोष मानिसहरू मारिरहेका छन् भने दशकौंदेखि त्यहाँ उपस्थित सात लाख सैनिकहरू के गरिरहेका छन्? भन्ने प्रश्न सोध्नुपर्छ।’

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस