२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अस्पतालभित्रै मृत शरीरबाट सुनको झुम्का चोरी : सिसिटिभी फुटेज भाइरल, एकजना पक्राउ

काठमाडौं। भारत उत्तर प्रदेशको शामली जिल्लास्थित सरकारी अस्पतालका एक वार्ड ब्वाईलाई मृत शरीरबाट सुनको झुम्का चोरी गरेको आरोपमा पक्राउ गरिएको छ। यो घटना सीसीटीभीमा कैद भएको थियो र सामाजिक सञ्जालमा भाइरल भएको छ।

अप्रिल १९ मा २६ वर्षीया श्वेता देवीको सडक दुर्घटनामा मृत्यु भएको थियो। उनका शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाइएको थियो। जब शव सिल गर्न थालियो, महिलाको सुनको झुम्का हराएको पाइएको थियो। यसपछि परिवारले प्रहरीमा उजुरी दर्ता गरायो।

सीसीटीभी फुटेजको आधारमा वार्ड ब्वाई विजय सिंहले झुम्का चोरेको पुष्टि भएको छ। त्यसपछि उनलाई प्रहरीले २० अप्रिलमा पक्राउ गरेको थियो र उनका साथबाट चोरी भएका सुनका झुम्का बरामद गरिएको छ।

मृतकका परिवारले यस घटनामा कडा कारवाहीको माग गरेका छन्। सार्वजनिक आक्रोशपछि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर आहुजाले प्रहरीलाई मुद्दा पठाएका छन्। यस सम्बन्धमा अन्य अस्पतालका कर्मचारीहरूको संलग्नता छ कि छैन भन्ने कुरा अनुसन्धान भइरहेको छ।

अस्पतालका अधिकारीहरूले दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस