२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

अमेरिका-युक्रेनबीच दुर्लभ खनिज सम्झौता सम्पन्न

Ukraine Finally Agrees to Deal with the U.S. on Rare Mineral Reserves

काठमाडौं । अमेरिका र युक्रेनबीच दुर्लभ खनिज स्रोतमा पहुँच दिने सम्झौता सम्पन्न भएको छ। लामो समयदेखि तयारीमा रहेको यो सम्झौता हालै सार्वजनिक गरिएको हो।

अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दुबै देशबीच युद्धपछिको पुनर्निर्माणलाई सहयोग पुर्‍याउने उद्देश्यसहित पुनर्निर्माण लगानी कोष गठन गर्ने सहमति पनि भएको छ। यो साझेदारी ‘म्युचल एसेटस्, ट्यालेन्टस् एन्ड क्यापाविलिटिज्’ मा आधारित हुने बताइएको छ।

बीबीसीका अनुसार सम्झौताको अन्तिम चरणमा आएर केही बुँदाहरूमा परिवर्तन गरिएको हो। युक्रेनले पहिले सहमति भएका केही बुँदाहरू समावेश गर्न खोजेपनि त्यसमा सफल हुन सकेन।

यसअघि सम्झौतामा सन् २०२५ को फेब्रुअरीमा हस्ताक्षर हुने तय भए पनि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षीबीचको छलफल तनावपूर्ण भएपछि प्रक्रिया केही समयका लागि स्थगित भएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस