काठमाडौं । पाकिस्तानमाथि भारतले लिएको कारबाहीको बीचमा चीनको महत्वपूर्ण बयान सार्वजनिक भएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, हामी शान्ति र स्थायित्वको पक्षमा छौं। हामी सधैं आतंकवादको विरोध गर्छौं।
भारत र पाकिस्तानले शान्ति कायम गर्न आवश्यक छ। युद्ध लड्न चीनले सहयोग गर्छ कि भन्ने आशामा रहेको पाकिस्तानका लागि यो बयान भारी परेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार

