२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

कक्षा १० को नतिजा सार्वजनिक, ९३.६० प्रतिशत विद्यार्थी पास

काठमाडौं । भारतमा कक्षा १० को बोर्ड परीक्षाको नतिजा सार्वजनिक भएको छ। ९३.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा ०.०६ प्रतिशतले वृद्धि हो।

यस वर्ष ४५,६१६ विद्यार्थीले ९५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेका छन्, जुन कुल परीक्षार्थीको १.९२ प्रतिशत हो। साथै, ८.४३ प्रतिशत विद्यार्थीले ९० प्रतिशतभन्दा बढी अंक हासिल गरेका छन्।

राजस्थानको अजमेर क्षेत्रले ९५.४४ प्रतिशत उत्तीर्ण दरसहित उत्कृष्ट प्रदर्शन गर्दै दिल्ली र पुणेलाई पछाडि पारेको छ। गत मंगलबार सीबीएसईले कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो। एजेन्सी

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस