२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

सर्वोच्चको रोक: ट्रम्पको आप्रवासी डिपोर्ट योजना अस्थायी रूपमा थाति

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी डिपोर्ट योजनामा अस्थायी रोक लगाएको छ। युद्धकालीन ‘एलियन एनिमी एक्ट’ प्रयोग गरेर भेनेजुयली आप्रवासीहरूलाई एल साल्भाडोर पठाउने कदम पर्याप्त कानुनी प्रक्रिया नपुगेको भन्दै अदालतले प्रश्न उठाएको हो।

ट्रम्प प्रशासनले अपराधमा संलग्न आरोपमा २३८ जनालाई पठाइसकेकोमा केही निर्दोषसमेत रहेको पाइएपछि अमेरिकी नागरिक स्वतन्त्रता संघले चुनौती दिएको थियो। अब उक्त मुद्दा फिफ्थ सर्किट अपिल्स अदालतमा पुगेको छ । जहाँ डिपोर्ट वैधानिक हो वा होइन भन्ने निर्णय हुनेछ। त्यो बेलासम्म ट्रम्पको आप्रवासी डिपोर्ट योजना अस्थायी रूपमा थाति रहनेछ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस