२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

अमेरिकामा टिपिएस खारेज, यी चार देशका पाँच लाख आप्रवासीको उठिबास

Travel Ban on Citizens from 12 More Countries Begins in the U.S. Today

काठमाडौं । अमेरिकी गृह सुरक्षा विभागले चार देशका अस्थायी संरक्षित स्थिति (टिपिएस) खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले अनुमति दिएको छ। ट्रम्प प्रशासनले लामो समयदेखि टिपिएस खारेज गर्ने निर्णय गरेको थियो, तर बोस्टनको संघीय अदालतले रोक लगाएको थियो। बिहीबार सर्वोच्चले क्युवा, हेटी, निकारागुवा र भेनेजुएलाका करिब पाँच लाख टिपिएस वाहकको खारेजीलाई अनुमति दिएको छ।

अब ती आप्रवासीहरूले स्वेच्छाले वा सरकारको नियन्त्रणमा आएर आफ्नो देश फर्कनुपर्नेछ। टिपिएस कार्यक्रम प्राकृतिक विपत्ति, द्वन्द्व वा महामारीका कारण अमेरिका आएका वैध आप्रवासीलाइ अस्थायी काम गर्न अनुमति दिने व्यवस्था हो, जुन सन् १९९० मा राष्ट्रपति जर्ज डब्लू बुशको कार्यकालमा लागू गरिएको थियो।

सर्वोच्चको निर्णयअनुसार हेटीका टिपिएस वाहकले अगष्ट २५ भित्र अमेरिका छोड्नु पर्नेछ। यस निर्णयले युक्रेन, अफगानिस्तान र मध्य अमेरिकाका थप पाँच लाख टिपिएस वाहकलाई पनि प्रभाव पार्नेछ।

नेपालका टिपिएस वाहकहरूका लागि भने म्याद डिसेम्बरसम्म बढाइएको छ र नेपाली टिपिएस वाहक संख्या झण्डै आठ हजार छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस