२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

नागढुंगाबाट ४५ लाख बढीको अवैध सुनसहित एक जना पक्राउ

www.janaboli.com;

२३ जेठ , काठमाडौँ । नागढुंगाबाट प्रहरीले ४५ लाख बढीको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन्। उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बाप्र ०३–००१ ख ३१३९ नम्बरको बसमा काठमाडौं आउँदै थिए । सोही क्रममा उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ । पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस