२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कानूनमा ठूला सुधार: बलात्कार महिलाले पनि गर्न सक्छन्, ‘रोमियो-जुलियट’ सम्बन्धमा सजाय घट्ने

काठमाडौं । नेपाल सरकारले प्रस्तुत गरेको अपराध संहिताको पहिलो संशोधन मस्यौदाले विवाह र बलात्कार सम्बन्धी कानुनी धाराहरूमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।

– अब बलात्कारमा महिलाको संलग्नता पनि सम्भव हुने गरी “कसैले कुनै व्यक्तिलाई” भन्ने व्यवस्था थपिएको छ।
– १८ वर्षभन्दा कम उमेरमा आपसी सहमतिमा हुने सम्बन्धमा सजाय घटाइनेछ (रोमियो-जुलियट क्लज)।
– बालबालिकासँग सम्बन्धित अपराधको सजाय १० बाट १२ वर्ष पुग्नेछ।
– गर्भपतनको अवधि २५ बाट २८ हप्ता पुर्याइने।
– पुरुष मात्र बहुविवाह गर्न नपाउने धारामा पनि संशोधन गरिएको छ।

मस्यौदा सर्वसाधारणको सुझावका लागि सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस