२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

ट्रम्पले बैठक रोकेर पुटिनलाई फोन गरे: युद्धविराम भड्कियो, ९० अर्ब डलर बराबरको हतियार अमेरिकाबाट किन्ने

trump zelensky european leaders meeting

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्की र युरोपेली नेताहरूसँग बैठक गरे। बैठकमा रूस–युक्रेनबीच युद्धविरामको सहमति बन्न सकेन। ट्रम्पले भने, “यति चाँडो युद्धविराम सम्भव छैन।”

यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे गम्भीर छलफल भयो। ट्रम्पले अमेरिका र युरोपेली देशहरू मिलेर सुरक्षा सुनिश्चित गर्न काम गर्ने बताए। यसैबीच, क्रेमलिन (रूसी राष्ट्रपति कार्यालय) ले जानकारी गराए अनुसार ट्रम्पले बैठक रोकेर पुटिनसँग ४० मिनेट फोन वार्ता गरे।

फोन वार्ताको क्रममा पुटिनले रूस र युक्रेनका प्रतिनिधिहरूबीच प्रत्यक्ष वार्ताको समर्थन गरे। जर्मन चान्सलर फ्रेडरिक मर्त्जले बताए अनुसार पुटिन १५ दिनभित्र जेलेंस्कीसँग भेट गर्न तयार भएका छन्। बैठकपछि जेलेंस्कीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए कि युक्रेनले सुरक्षा ग्यारेन्टीको सर्तमा युरोपको सहयोगमा ९० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी हतियार खरिद गर्नेछ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस