काठमाडौँ। आठ राजनीतिक दलले प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भन्दै फिर्ता लिन र तत्काल संसद बैठक बोलाउन माग गरेका छन्।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्तिले संयुक्त विज्ञप्ति जारी गरी संसद विघटन संविधानको धारा ७६ (७), सर्वोच्च अदालतका नजीर र संवैधानिक परम्परा विपरीत भएको बताएका छन्। उनीहरूले जननिर्वाचित संस्थामार्फतै आन्दोलन र जनताको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार

