२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

भ्रष्टाचारविरुद्धको आन्दोलन : आशा, विनाश र पुनर्निर्माण – भिम बहादुर कार्की

काठमाडौं। विगत लामो समयदेखी सबै नेपालीले भन्दै आइरहेको कुरा हो नेपाल भ्रष्टचारले सकाइसक्यो अचम्मको कुरा त के थियो भने जनता जसलाई तिमिहरुले भ्रष्टचार गर्यौ भनरे भनिरहेका थिय उनिहरुनै भनिरहेका थिय भ्रष्‌टचार ले नै हाम्रो देश अघि बढ्न सकिरहेको छैन । तर देश चलिरहे‌कै थियो हाम्रो काम चलिरहेकै थियो हामी काम गरिरहेकै थियौ । तर आकस्मत सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो व्यक्तिगत रूपमा भन्दा हाम्रो ८०% व्यावसाय तेहि सञ्जालबाट चल्ने भएकाले हाम्रा कार्यालय करिब करिब बन्द जस्तै भए र अन्योलताले ढाक्यो अब के गर्ने, हामी संग जोडिएका यति धेरै साथिहरुको रोजगारी के हुन्छ भन्दै हामि नयाँ विकल्पको खोजी गर्न तर्फ लाग्यो . लगतै त्यही साझ, एक जना साथिले फोन गरे भ्रष्टचार बेतिथिको अन्त्य र सामाजीक संजाल बन्दको बिरोधमा हाम्रो उमरे समुहले जस‌लाई gen-z भनिन्छ एउटा वृहत आन्दोलनको तयारी गर्दैछ हामी के गर्न जाने कि नजाने । व्यक्तिगत रूपमा भन्नुपर्दा म हतपत आन्दोलनमा सहभागी हुदैन र काम‌को कारण जाने समयपनी मिल्दैन । तर यसपटक भने कम्पनि वन्द जस्तै, देशको मुख्य मुद्दा र आफ्नै उमरे समुहले स्वतस्फुर्त गर्ने आन्दोलन भनेपछि हामीपनी सहभागी हुने निर्णय गरियो र पहिलो दिन हुने आन्दोलनमा सहभागी हुन हामी माइतिघर पुग्यौ .

काठमाडौँ, २३ भदौः
‘जेनजी’ पुस्ता सडकमा
काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट÷रासस


अवस्था सामान्य नै थियो जताततै नेपालको झण्डा फहराई रहेको थियो सबै युवाहरु र भ्रष्टचार विरुद्ध‌को एकबद्धता जसले त्यो आन्दोलनमा सहभागी हुन थप प्रेरणा दियो । अनि हामिपनि नारा लगाउदै माइतीघरबाट संसद भवनतर्क अगाडी बढ्‌यौ । मलाइ आकलन त थियो केहि न केहि नराम्रो चाही हुन्छ किनभने सबै युवाहरु र त्यसैको विचमा केही उत्श्रृंखल व्यावहार भएका व्यक्ति पनि थिए जसले भिडलाई अझ जोरले अगाडी बढ्न उक्साइरहेका थिय तर मलाई आशा के थियो भने यत्रो आन्दोलन भैरहेको छ राज्यले सुरक्षाको राम्रो प्रवन्ध मिलाएको हुनुपर्छ। भिड अगाडी बडीरहेको थियो साथिहरु थप हुदै थिए आन्दोलन अझ बृहत् हुदै गयो र सुर‌क्षाको पहिलो घेरा तोडेरे युवाहरु संसद् भवनतर्क अगाडी वढे मैले त्यो दिन देखे राज्यको सुर‌क्षा प्रणाली यति कमजोर रहेछ न कुनै भरपर्दो सुरक्षा साधन न पर्याप्त जनशक्ति। लगतै युवाहरु संसद भवनको पर्खाल चढे र कहि युवाहरु गेट माथि चढे र गोली चल्यो। त्यसपछी आन्दोलन थप चर्कियो जतात‌तै अश्रुग्यास र छेवैमा साथिहरु गोली लागेर ढलेको पनि देखीयो र आन्दोलन रक्तपात सहितको रणमैदान बन्यो र केही क्षण सबै तितर बितर भए र तेतिन्जेल सम्म ५ जनाको ज्यान गहिसकेको थियो।

र मलाई आकलन भैसकेको थियो अब सकियो अब राज्य‌ले सहि निर्णय लिन सकेन भने जताततै आगो हुनेछ देश सकिनेछ। त्यही आकलन गर्दै व्यक्तिगत कामले हामी चितवन गयौ । सबैको फोन आइरहेको थियो आन्दोलन‌मा नजानु है र अगाडी नबढ्नु भिडभाड‌मा ज्यान जोगाउनु नै उत्तम हुन्छ । मलाई लागेको थियो अब सरकार झुक्नेछ र राज्य सम्हाल्ने गरी केही निर्णय गर्नेछ तर भयो उल्टो राज्यले आफ्‌नो हठ छोडेन अझ आन्दोलन उक्साउने खालका बोली र निर्णय बाहीर आउन थाल्यो अनि पछिल्लो दिन देशमा आगो बहन थाल्यो । त्यो दिन थाहा भयो एउटा नेतृत्वको घमण्डले देश रातारात कसरी खरानी बनाइदिन्छ अनी सकियो हाम्रो सर्विभौम संसद् भवन, न्यायलय, इतिहास बोकेको को सिंहदरबार, के-के हो के-के करिब करिब सबै सकियो एउटा इतिहास सकियो । पछिल्लो दिन ५ बजेतिर काठ‌माडौँ आइ‌पुगियो काठमाडौँ जलिरहे‌को थियो। आकाशमा धुवै धुवा सडकमा भत्केको घर सबै खण्डहर भैसकको थियो । यस्तो लाग्यो म सिरियाको वास्तवितामा आधारित कुनै चलचित्र हेरिरहेको छु र त्यो फिल्मको एक पात्र म पनि हु । जो न हिरो थियो न भिलेन ।

जताततै लुटपाट, आफै प्रहरी आफै सेना थाहा छैन ति हाम्रो Gen-z का कति थिए थिएनन तर जो सुकै हुन् व्यावसायीक भवनमा तोडफोड गर्न सर्वसाधरणको व्यक्तिगत सम्पतिमा आक्रमण गर्ने ति सबै अपराधि थिए । म सोची रहेको थिए संसद भवनको अगाडी गोलि खाने साथिहरू भन्दा काश यिनीहरुको छातिमा गोली लागेको भए देश केहि शान्त हुन्यो कि । मन रोहि रहेको थियो यो के भयो अब के हुन्छ हाम्रो भविष्य ? देश बनाउने भनेर राज्यसँग लड्न हिँडेको हामी युवाले देश नै खरानी बनाइदियो ! कानुनी शासन हुनुपर्छ भनेरे आन्दोलन गरेको युवाले कानुन‌लाई नै खुट्टाले कुल्चिएर मारिदियौ ! रोजगार चाहियो भनेरे हिनेको युवाले रोजगार दिने संस्था जलाएर भस्म बनाइदियो ! बिनाश जो सुकैले गरेको होस तर आरोपबाट यो पुस्ता कदापी उम्कन पाउनेछैन ।

खएर जे होस त्यो आन्दोलनले भ्रष्ट भनिएको सरकार ढलेको छ र सबै संसदको जनताले दिएको अधिकार खोसिएको छ नया सरकार बनेको छ एक प्रथम महिला प्रधानमन्त्रि पाएको छ देशले तर मलाई अझै शंका छ ? कुनै वेला राजा आएपछि देश बन्छ भनेर अहिले राजाकै शासन ठिक थियो भने जस्तो ! माओवादी आन्दोलन पछि देश सिंगपुर वन्छ भनेर अहिले उनिहरुलाई नै लखेटे जस्तो ! पछि गएर बरु तिनै नेता ठिक थिए तेहि व्यवस्था ठिक थियो भन्ने दिन आउने त हैन ?

म फेरी काममा फर्किएको छु र अब कतै जाने फुर्सद पनि हुनेछैन म आफ्नै काममा लागिरहेको छु र आशा गरिरहेको छु अब देशले असल नेतृत्व पाउनेछ, विकाश हुनेछ, सुशासन फर्किने छ, पुननिर्माण संगै देश नयाँ युगमा प्रवेस गर्नेछ । म बिश्वसामु एक इज्जतदार नेपाली भएर बाच्न पाउनेछु / भ्रष्टचारको अन्त्य हुनेछ र फेरी बन्ने‌छन सिंहदरबार, न्यायलय र भत्केका सम्पूर्ण सरचना म आफ्नो तर्फबाट देश पुननिर्माणमा गर्न सक्ने सहयोग गरिरहने छु ।

– भिम बहादुर कार्की, युवा व्यवसायी हुन् ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस