२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

पूर्वप्रधानमन्त्री ओलीलाई सेनाले छोड्यो: ओली कहाँ सरे?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन्।

जेनजी आन्दोलनका क्रममा सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाले उनलाई नियन्त्रणमा राखेको थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि ब्यारेकमा बसेका ओली अब बाहिर आएका छन्।

सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन्। त्यहाँ उनका लागि भाडाको घर सुरक्षित गरिएको छ। बालकोटस्थित उनका घर जलेका कारण उनी गुण्डु सरेका हुन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ओलीलाई यहाँ ल्याउने पहल गरेका छन् र भव्य कार्यक्रममा सार्वजनिक गरिने वक्तव्य समेत तयार गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस