२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

‘माग्ने बुढा’माथि हातपात गरेको भिडियो भाइरल, घटनाबारे पहिलो पटक बोले

काठमाडौं । सामाजिक सञ्जालमा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’सँग हातपात भएको भिडिओ भाइरल भइरहेको छ।

घिमिरेले बुधबार फेसबुक लाइभमा बताएअनुसार, उनी आफ्नो आगामी फिल्म ‘माइतीघर’ प्रचारप्रसारको लागि अन्तर्वार्ता दिन केही युट्युब च्यानलमा गएका थिए, र त्यही क्रममा प्र्या‌ंक भएको हो। उनले भने, हातपात पूर्वनिर्धारित थिएन र यसलाई ठट्टाको रूपमा लिनु पर्ने बताएका छन्।

घिमिरेले भिडिओबाट पर्न गएको चोटबारे क्षमा माग्दै दर्शक र शुभचिन्तकको चासोका लागि धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस