२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

नेपाली कांग्रेसका यी नेता जसले सरकारलाई ५१ लाख सहयोग गरे

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।

राजभण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणका लागि सरकारले यो कोष स्थापना गरेको हो। राजभण्डारीले सहयोगको उद्देश्य शहीदको आत्मालाई शान्ति मिल्ने र पुनर्निर्माण कार्यमा योगदान पुग्ने रहेको बताएका छन्।

उनले अरुलाई पनि सहयोग गर्न आव्हान गर्दै भने, “सरकारले सहयोगको लागि अनुरोध गरेको छ, त्यसैले सबैले आफ्नो सक्दो योगदान गर्नु पर्छ।”

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस