२०८२ असोज २३ गते बिहिवार | 2025 October 9th Thursday

कार्की सरकारको बोल्ड निर्णय : ओली–प्रचण्डको सुरक्षामा व्यापक कटौती

काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ।

स्रोतका अनुसार, मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखिएको पाइएको कारण गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गरिएको हो।

सरकारको यो कदमले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षा व्यवस्थालाई पुनः समायोजन गर्ने संकेत दिएको छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस