२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

राष्ट्रपतिको पछिल्लो अवस्थाबारे बोल्यो अस्पताल (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौं।’

शनिबार बिहान राष्ट्रपति पौडेलले जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग शीतल निवासमा वार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर, वार्ताअघि नै अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको हो।

राष्ट्रपतिलाई केही दिन विश्राम आवश्यक पर्ने चिकित्सकले सुझाव दिएका छन् भने जेनजी प्रतिनिधिहरूसँगको अर्को वार्ता सोमबारसम्मका लागि सारिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस