२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

एमालेको सचिवालय बैठक आज बस्दै, ओलीलाई पद छाड्न चौतर्फि दबाव दिईने

काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।

बैठकमा बोल्ने बहुमत सदस्यले अध्यक्ष ओलीले पद छाड्नुपर्ने सुझाव दिएपछि अध्यक्ष ओली दबावमा परेका छन्। तर ओलीले आफू रहेसम्म सक्रिय रहने भन्दै अध्यक्ष पद नछाड्ने अडानमा छन्।

एमाले सचिवालयमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणको विषयलेसमेत प्रवेश पाएको छ। यसअघि भण्डारीको सदस्य नवीकरण नगर्न नहुने पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेलले समेत अब भण्डारीको सदस्यता नवीकरण गरेर उनलाई पार्टीमा स्वागत गर्नुपर्ने प्रस्ताव गरेका छन्। जसलाई अर्का उपाध्यक्ष रामबहादुर थापा बादलले समेत समर्थन गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस