२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

नर्भिक अस्पतालको ठूलो घोषणा : नर्सको तलबमा भारी वृद्धि, कति पुग्यो?

काठमाडौं । निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ। अब स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब रु ३७,००० (सैंतीस हजार) कायम गरिएको अस्पतालले जनाएको छ।

यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै अस्पतालले नर्सिङ कर्मचारीको तलब वृद्धि गरेको हो।

अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरूको भूमिकालाई उच्च कदर गर्दै यो निर्णय गरिएको उल्लेख छ। साथै, जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचारका क्रममा नर्सिङ र मेडिकल टोलीले देखाएको समर्पण र सेवाभावको पनि प्रशंसा गरिएको छ।

नर्भिकले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न र उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस