२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

चर्चित मोडल मृ`त्यु प्रकरणमा नयाँ ट्विस्ट : तीन महिलासहित पाँच जनाविरुद्ध मुद्दा (नामसहित)

काठमाडौँ — मोडल तथा टिकटकर कल्पनाकुमारी ‘आँचल’ नाथ मृत्यु प्रकरणमा प्रहरीले पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवादी बनाइएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। उनीहरू हुन्:

  • सन्जु विक (२६, दैलेख) — पक्राउ परेका

  • अनु उर्मिला विक (रुकुम) — फरार

  • सरु सरस्वती भण्डारी (सिन्धुपाल्चोक) — फरार

  • राजेश बुढा (कैलाली) — फरार

  • लक्ष्मी बुढा (कैलाली) — फरार

उनीहरूमाथि पाँच वर्षसम्म कैदको मागदाबी गरिएको छ।

नाथ दुई वर्षदेखि भक्तपुरको थिमिमा डेरा लिएर बस्दै आएकी थिइन् र प्रतिवादीहरूसँग टिकटकर माध्यमबाट चिनजान भएको थियो। विवादका कारण उनी टिकटक लाइभमा धम्की प्राप्त गरेकी थिइन्।

धम्की आएको दिन नाथ आगोमा जलेको अवस्थामा फेला परेकी थिइन् र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकी थिइन्। दुई दिनपछि ११ असोजमा उनको मृत्यु भएको थियो।

अनुसन्धान अनुसार नाथले पेट्रोल छर्केर आगो लगाएकी थिइन्। त्यसै आधारमा प्रहरीले प्रतिवादीहरूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस